MENU

समाज

ujyaalo forign call inside

युएईको सारजाहामा एक नेपालीद्वारा आत्महत्या

उमाकान्त पाण्डे/उज्यालो । 

पुस १७  – रोजगारीका लागि युएई आएका एक नेपालीले आत्महत्या गरेका छन् । युएईको सारजाह अबुशगारामा रहेको हबात अल अरुज रेस्टुरेन्टमा कार्यरत अर्घाखाँची सन्धिखर्कका ३५ बर्षिय नारायणप्रसाद भुषालले आइतबार बिहान आत्महत्या गरेका हुन । 

८ महिना पहिले युएई आएका उनी सिनियर कुकको रुपमा कार्यरत थिए । काम गर्ने ठाउँ नजिकै कम्पनीको कोठामा बस्ने उनले बिहान अन्य कामदारलाई काममा पठाएर झुण्डिएर आत्महत्या गरेका हुन् । 

धेरैबेरसम्म काममा नआएपछि कोठामा बोलाउन जाँदा झुन्डिएको अवस्थामा भेटिएको प्रवासी मञ्च युएईका पुर्व अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिनुभयो । घटना लगत्तै कम्पनीले प्रशासनलाई खबर गरेको र अहिले थप अनुसन्धान भईरहेको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया