MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

४१ वर्ष लागिन् मेलिना मानन्धर, छोरी हुर्काउने योजना

काठमाडौं, पुस १७ –अभिनेत्री मेलिना मानन्धरको आज जन्मदिन परेको छ । विक्रम सम्वत २०३४ साल पौष १७ गते काठमाडौंमा जन्मेकी उनले सिनेमा ‘प्रेयसी’ मार्फत ठूलो पर्दामा डेब्यू गरेकी हुन् ।

मेलिनाले त्यसपछि जाली रुमाल, प्रेमपीण्ड, सीमाना, दाइजो,  मामाघर लगायतका सिनेमामा काम गरेकी छिन् । उनले पछिल्लो समयमा काम गरेका सिनेमामा ‘रोमियो’ र ‘लालटिन’ हुन् । उनले नेपाली सिनेमाका साथै नेपाल भाषाका केही सिनेमामा समेत काम गरेकी छिन् ।

तपाईँमध्ये केहीलाई थाहा नहुन पनि सक्छ मेलिनाको वास्तविक नाम सुनिता मानन्धर हो । तर उनी मेलिना मानन्धरको नामले चर्चित हुन पुगिन् । उनको बाल्यकालदेखि जीवनका केही रमाइला पाटाहरुको विषयमा  प्रभात लामाले खुशीका रंगहरुमा गरेका कुराकानीको भिडियो यहाँ हेर्न सकिन्छ । 

विक्रम सम्वत २०६५ सालमा अभिनेता मुकेश ढकालसँग विवाहबन्धनमा बाँधिएकी मेलिना सात वर्षीया छोरी मेलिस्काकी आमा बनिसकेकी छिन् । केही वर्षअघि देखि मुकेश अमेरिकामा बस्दै आएका छन् । केही समय अगाडि मेलिना पनि अमेरिका गएको भन्ने खबर आएको भएता पनि उनी स्वयम्ले भने आफू अमेरिका नगएको बताएकी छिन् । ‘धेरैले म अमेरिका गयो भनेर त्यसै समाचार लेखिदिनु भएछ । खासमा म कतै गएकी छैन । के भाको होला ? म त अचम्ममा परेँ नी’, मेलिनाले हामीसँग कुरा गर्दै भनिन् । 

जन्मदिन विशेष के छ ? भन्ने हाम्रो प्रश्नमा हाँस्दै मेलिना भन्छिन्, ‘खासै केही पनि छैन । श्रीमान्ले बिहानै फोन गरेर शुभकामना दिनुभयो । छोरीले बर्थडे मनाउनु पर्छ भनेर दवाव दिइरहेकी छिन् । परिवारसँगै रमाइलो गर्ने र सामान्य कार्यक्रम गरेर बर्थडे पार्टी गर्ने योजनामा छु ।’ 

नयाँ योजना के छ ? भन्ने प्रश्नमा उनले भनिन्,‘अहिले मेरी  ध्यानमा छु । मेरो व्यक्तिगत चाहना र सपना भन्दा पनि परिवारकै लागि समय हुनेछु । नयाँ योजना र काम भने केही छैन ।’- गफगाफ र उज्यालाेकाे सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया