MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

पानी नपरेपछि गहुँ छर्न पाएनन् किसानले

बैतडी, पुस १७ –बैतडी र दार्चुलाका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेका छन् । सिँचाई सुविधा भएका ठाउँमा गहुँ छरिसकेको भए पनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन बाँझै रहेको हो । 

बैतडीको दोगडाकेदार, सुर्नयालगायतका केही क्षेत्रमा गहुँ छर्न नसकेको किसानहरुले बताएका छन् । दार्चुलाको लेकम गाउँपालिकामा पनि सिँचाई सुविधा नहुँदा गहुँ छर्न सकिएको छैन् । लेकम गाउँपालिका –१ सेजालीमा केही खेतीयोग्य जमिनमा गहुँ छर्न बाँकी रहेको स्थानीय मानबहादुर कार्कीले बताउनुभयो । सिँचाई सुविधा भएको क्षेत्रमा गहुँ छरेको भए पनि केही स्थानमा खेतबारी बाँझै रहेको उहाँले बताउनुभयो । आधा पुस जाँदा समेत पानी नपर्दा गहुँ छर्न बाँकी रहेकोले यस बर्ष गहुँ उत्पादनमा कमी आउने देखिएको छ । 

दार्चुलाको ५ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने भए पनि अझै ४ सय ७७ हेक्टर जमिनमा गहुँ छर्न नसकेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ । बैतडी र दार्चुलामा अधिकांश क्षेत्रमा सिँचाई सुविधा नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया