MENU

राजनीति

ujyaalo forign call inside

समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नहुँदा जनमतको अपमान भयो : वाम गठबन्धन

काठमाडौं, पुस १७ –प्रतिनिधिसभाको समानुपातिकको सिट तत्काल बाँडफाँड गर्न भन्दै एमाले र माओवादीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । एमालेका भिम रावल, सुवास नेम्वाङ, अग्नि खरेल र माओवादीका कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेताले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवलाई भेटेर समानुपातिक परिणाम तत्काल सार्वजनिक गर्न ध्यानाकर्षण गराएका हुन् । 

निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्दा देश बन्धक बनेको भन्दै तत्काल मतपरिणाम सार्वजनिक गर्न अनुरोध गरिएको एमालेका नेता भिम रावलले जानकारी दिनुभयो । निर्वाचन आयोगले नै ७ दिनभित्र नजिता सार्वजनिक कानुन बनाए पनि चुनाव भएको एक महिना बित्न लाग्दा पनि नजिता सार्वजनिक नगर्दा जनमतको अपमान भएको जानकारी गराएको पनि रावलले बताउनुभयो । भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले सबै पक्षसँग छलफल गरेर चाँडो समानुपातिक नतिजा सार्वजनिक गर्ने आश्वासन दिनुभएको थियो । 

आयोगले राष्ट्रियसभाको गठनपछि मात्र समानुपतिकको सिट निर्धारण गर्ने बताइरहेका बेला वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आयोगलाई औपचारिक आग्रह गरेका हुन् । कांग्रेसले पनि राष्ट्रियसभाको गठनपछि मात्र नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ । 

यस्तै एमालेको भातृ संगठन युथफोर्स र माओवादीको भातृ संगठन वाइसिएलले तत्काल मतपरिणाम सार्वजनिक गरेर नयाँ सरकारको बाटो खोल्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर २ संगठनले कसैको पनि दबाबमा नपरी समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न माग गरेका हुन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया