MENU

समाज

ujyaalo forign call inside

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रशिक्षण कक्ष उद्‍घाटन

काठमाडौं, पुस १६ – महानगरीय प्रहरी परिसर भक्तपुरले प्रशिक्षण कक्ष तथा सभाहलको उद्घाटन गरेको छ । नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जयबहादुर चन्दले संयुक्त रूपमा प्रशिक्षण कक्षको उद्घारटन गर्नुभएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगले नागरिक र प्रहरीको सम्बन्ध र सहकार्यले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने भन्दै यस्ता कार्यहरूले दुई बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो ।

भवन निर्माण समितिका कोषाध्यक्ष  सुनिल चित्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै महानगरीय प्रहरी परिसर हाताभित्र सभा हलको आवश्यकता महसुस गरी स्थानीय सहयोगीरदाताहरूबाट नगद कुल १९ लाख २९ हजार ४ सय १६ रूपैयाँ र प्रहरीको श्रमदानबाट निर्माणकार्य सम्पन्न भएको जानकारी दिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया