MENU

समाज

Ncell Axiata
NIC Asia

गाउँपालिकाको केन्द्र नसार्न उच्च अदालतको आदेश

दाङ, पुस १७ –दाङको बबई गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न उच्च अदालत तुलसीपुरले सोमबार अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतमा परेको रिट निवेदनमाथि छलफल गर्दै अदालतले सोमबार केन्द्र नसार्न आदेश जारी गरेको हो । केही दिन अगाडि गाउँपालिकाको कार्यालय हंसपुरबाट हापुरे सारिएको थियो ।  अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र ईश्वरराज आचार्यको इजलासले तत्काललाई केन्द्र नसार्न आदेश जारी गरेको हो ।

साविककै गाउँपालिकाको कार्यालय रहेको हंसपुरबाट काम गर्न पनि अदालतले आदेश जारी गरेको छ । बबई गाउँपालिकामा केन्द्र सारिएको विषयमा विवाद भएपछि अदालतसम्म पुगेको थियो । रिट निवेदनका विषयमा भने फैसला गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया