MENU

मनोरञ्जन

ujyaalo forign call inside

​देउवाको कुर्सी मोहमाथि फर्सी नेटवर्कको झटारो(रमाइलो भिडियो)

काठमाडौं, पुस १७ –यस पटकको चुनावमा नराम्रोसँग पछारिएको पार्टी कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट राजीनामा दिएर सरकार गठनको बाटो खोल्न वामपन्थी गठबन्धनले सुझाव दिँदै आएको छ । 

तर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आतुर रहेको र त्यसका लागि राष्ट्रिय सभा गठन हुनु पर्ने संवैधानिक कुरा अगाडि सारेको थियो । यो विषयमा राष्ट्रपतिबाट अध्यादेश जारी भैसकेको छ । सत्ता लम्ब्याउने प्रयास भैरहेको भनेर प्रधानमन्त्री देउवाको आलोचना भैरहदा फर्सी नेटवर्कले एउटा भिडियो तयार पारेको छ जसमा प्रधानमन्त्रीको कुर्सीमोहमाथि झटारो हानिएको छ । 

फर्सी नेटवर्कले समसामायिक कुराहरुमाथि व्यङग्य प्रहार गरेर हरेक हप्ता सार्वजनिक गर्दै आएको ‘मुड फ्रेश’ नामक कार्यक्रम यस पटक देउवामा केन्द्रित छ । जसमा उनी कुर्सी खोसिने डरले आफूलाई कुर्सीमा बाँधेर बसेका छन् । 

सन्तोष खनालको लेखन तथा निर्देशन रहेको यस भिडियोमा कलाकार सुमन कार्कीले प्रधानमन्त्री देउवाको भूमिका निर्वाह गरेका छन् ।

- उज्यालो र गफगाफ डट कमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया