MENU

खेल

Ncell Axiata
NIC Asia

​मध्यपश्चिमविरुद्ध एपिएफको २६ गोल, सावित्रा एक्लैले ठोकिन् १२ गोल

काठमाडौं, पुस १७ –१६ औं महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल आर्मी क्लबले फराकिले जित दर्ता गरेका छन् । 

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा एपिएफले मध्यपश्चिम विकास क्षेत्रलाई २६–० ले हराएको छ । एपिएफकी सावित्रा भण्डारी एक्लैले १२ गोल ठोकिन् । यस्तै अनिता केसीले ५, अञ्जली योञ्जनले ४, रेखा पौडेलले २ र अनिता बस्नेतले एक गोल गरिन् । मध्यपश्चिमविरुद्ध पहिलो हाफमा १४ र दोश्रो हाफमा १२ गोल गरेको थियो । 

यसअघि आज भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका लागि दीपा राई एक्लैलेले ५ गोल गरिन । कृष्ण खत्रीले ह्याट्रिक गरिन् 

राष्ट्रिय खेलकुद परिषदले आयोजनामा भैरहेको राखेप च्याम्पियनसिप अन्तर्गत चलिरहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया