MENU

समाज

ujyaalo forign call inside

ढाका टोपी मोह :आफ्नो भन्या आफ्नै हो

काठमाडौं, पुस १७ –शीरमा ढाका टोपी रहरले लगाउने धेरै होलान् । कतिलाई रमाइलोका लागि ढाका टोपी पहिचान पनि बनेको छ ।

कतिलाई परम्परा जोगाउने सोच जागेको छ । पूर्खाले लगाएको ढाका टोपी पछिल्लो समय संस्कृति जोगाउनकै लागि अभियान बनाउनु परेको छ । वर्षको एक दिन भए पनि धेरैले ढाका टोपी लगाउने गरेका छन् ।

अहिले सूचना र प्रविधिमा आएको क्रान्तिकै कारण ‘ग्लोबल कल्चर’ को विकास भएको छ । विश्वका धेरै देशमा अहिले मिश्रित संस्कृति देखिएको छ । तर पनि आफ्नो भन्या आफ्नै हो भन्ने कुरा नेपाली युवाहरुले टोपीप्रतिको माया देखाएर व्यक्त गरेका छन् ।

देशमा गणतन्त्र आएपछि नेपाली पहिचान हराएको भन्दै कतिपय युवावर्ग स्वतस्फूर्त रुपमा नेपाली पोशाक जोगाउन अभियान नै चलाएर अगाडि बढेका छन् । त्यसैको एक प्रभाव टोपी दिवस बनेको छ । अंग्रेजी नयाँ वर्षमा नेपालीहरु शुभकामना आदानप्रदान गर्ने र रमाइलो गर्ने परम्परा ह्वात्तै बढेको छ ।

दुईचार वर्ष अगाडिदेखि अंग्रेजी नयाँ वर्षमा नेपालको छुट्टै पहिचान बनाउने भन्दै युवाले स्वतस्फूर्त रुपमा टोपी दिवस मनाउन थालेका छन् । युवाहरुले ‘नेपाली टोपी, नेपाली पहिचान’ भन्ने नारासहित यस वर्ष पनि पाँचौ नेपाली टोपी दिवस मनाएका छन् । युवा मात्र होइनन् , महिला र पाका उमेर भएका नागरिक पनि राजधानीका सडकमा टोपी दिवस मनाउन दौरा, सुरुवाल र ढाका टोपी लगाएर प्रभातफेरीमा सामेल भएका देखिन्थे ।

महिलाहरु पनि टोपी दिवस मनाउन राम्रा राम्रा लुगामा सजिएका देखिन्थे । उनीहरुको हातमा नेपालको झण्डा पनि छुटेको थिएन् । यो उनीहरुको शान्तिपूर्ण आन्दोलन जस्तै देखिन्थ्यो । तर आन्दोलन थिएन् । तर पनि सरकारलाई राष्ट्रिय पोशाक जोगाउन युवाहरुले झक्झक्याएको जस्तो देखिन्थ्यो । पाँचौ टोपी दिवसको अवसरमा ‘जागरुक युवा अभियान नेपाल’ का युवाले राजधानीको माइतीघर मण्डलादेखि शान्तिवाटिकासम्म प्रभातफेरी गरेका थिए ।

ढाका टोपी लगाएर र्‍यालीमा सहभागी युवालाई हेर्दा कुनै समारोह भएजस्तै देखिन्थ्यो । युवाहरुले टाका टोपीमा सजिएर ‘नेपाली मन नेपाली पन’, ‘ह्याप्पी न्यू इयर विथ नेपाली टोपी’, ‘यो मन त मेरो नेपाली हो’, ‘टोपीको सम्मान, धोतीको सम्मान’, ‘जातीय पहिचान खोजौं, राष्ट्रिय पहिचान जोगाआैं’  लगायतका प्लेकार्ड बोकेका थिए ।

बढीजस्तो युवाहरुको बाहुल्यता रहेको टोपी दिवसको प्रभातफेरीमा पत्रकार, कलाकार, साहित्यकार र अन्य नागरिकले पनि सहभागीता जनाएका थिए । यो अभियानले सरकारलाई भनिरहेको थियो, ‘हामी हरेक नयाँ वर्षमा टोपी दिवस मनाउँछौं सरकार !’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया