MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’ सार्वजनिक

काठमाडौं, पुस १७ –साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास(पुस्तक) विमोचन भएको छ ।

‘एक आनाको पुस्तक’ पत्रकार पुरुषोत्तम दाहाल र पा्रध्यापक डा. डिल्लीराम दाहालले संयुक्तरूपमा विमोचन गरेका थिए । 

पुस्तक विमोचन गर्दै पुरुषोत्तम दाहालले ध्रुवचन्द्र गौतमद्वारा लिखित अधिकांश पुस्तकले नयाँ पिँढीलाई साहित्यमा आकर्षित गरेको बताए । 

कार्यक्रममा लेखक ध्रुवचन्द्र गौतमले साहित्यलाई व्यवसाय बनाउनका लागि व्यवसायिक संस्थाहरुको पनि ठूलो भूमिका हुने बताए । साहित्यको प्रवद्र्धनमा  प्रकाशकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो । ‘यो पुस्तक त्यो बेलाको संस्करण हो, पक्कै पनि पुस्तकले पाठकलाई इतिहासको ज्ञान दिलाउने छ’ उनले भने । 

गौतमको यस पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले प्रकाशनमा ल्याएको हो । सहकारीले गौतमका  ‘समग्र कथा’ कथा संग्रह, ‘वञ्चक’ (अनुभवन्यास) लगायतका पुस्तक प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

  • ​यस वर्षको लेखनाथ साहित्य पुरस्कार गुरुङलाई

    कास्की, पुस १५ –यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डाक्टर जगमान गुरुङ सम्मानित हुनुभएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया