अन्तर्राष्ट्रिय
राजनीतिमा रजनीकान्तलाई उमेरले साथ देला ?
- Monday, Jan 01, 2018
- 18:46 PM ( 4 months ago )
- Total Views: 7.1 K
पुस १७ –रजनीकान्तले २० वर्षमा पहिलो पटक राजनीतिमा आउने घोषणा गरे । पटकपटक राजनीतिमा आउने संकेत दिए पनि उनले आइतबार राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । कतिपयलाई उनले घोषणा गर्छन कि गर्दैनन् भन्ने कुरामा आशंका थियो ।
उनले राजनीतिमा आउने घोषणा त गरेका छन् घोषणा गरे अनुसार पार्टी भने कहिले खोल्छन् भन्ने कुराको टुंगो लागेको छैन । यस कुरामा कतिपयले रजनीकान्तको कुरा गम्भीर नभएको पनि बताएका छन् ।
उनी राजनीतिमा आउने त तय नै भयो । तर उनले कस्तो किसिमको पार्टी बनाउने हो भन्ने कुरा निश्चित छैन । उनी भारतीय जनता पार्टी निकट मानिन्छन् । उनले राजनीतिमा आउने घोषणा गरेसँगै बिजेपीका शीर्ष नेताहरु खुशी देखिएका छन् । उनको यो कदमलाई बिजेपीका धेरै नेताले स्वागत गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक पनि हुन् । मोदीको स्वच्छता अभियानलाई उनले पटकपटक प्रशंसा गरेका छन् ।
त्यस्तै मोदी पनि रजनीकान्तलाई मन पराउँछन् । तामिलनाडुमा भएको एउटा कार्यक्रममा मोदीले मञ्चबाटै ओर्लेर उनीसँग हात मिलाएका थिए । तामिलनाडुमा आफ्नो अवस्था कमजोर भएकाले पनि रजनीकान्तको लोकप्रियता र राजनीतिक कदमलाई बिजेपीले क्याच गर्ने भरपूर प्रयास गर्नेछ । त्यसो त तामिलनाडुका अन्य क्षेत्रीय पार्टीले पनि रजनीकान्तको कदमलाई स्वागत गरेका छन् । तर के उनी पनि चलचित्र क्षेत्रबाटै आएका एमजीआर र जयललिताजस्तै सफल हुन्छन् त भन्ने प्रश्न यथावत नै छ ।
चलचित्र क्षेत्रमै पनि पछिल्लो समय रजनीकान्तको लोकप्रियता म भएको छैन । तर उनको उमेर भने ढल्कँदै छ । अहिले उनी ६७ वर्षका भए । २०२१ मा हुने विधानसभा चुनावका बेला उनी ७० वर्षका हुनेछन् । उनले आफ्ना शुभचिन्तकलाई वाचा गरे पनि त्यस उमेरमा मुख्यमन्त्री बनेर राज्य चलाउँछन् त ?
रजनीकान्तले यहाँसम्म भनेका छन् कि उनको घोषणापत्रमा भएको कुरा पूरा भएन भने आफू राजनीति नै छोडिदिने बताएका छन् । तर यसमा अहिल्यै केही भन्न भने कठिन हुनेछ ।
तामिल चलचित्र उद्योग निकै ख्याती कमाएका रजनीकान्तका फ्यान फ्लोइङ गज्जबको छ । तामिलनाडुका नागरिक डीएमके र एआईडीएमकेलाई लामो समयदेखि झेलिरहेका छन् । उनीहरु साँच्चिकै परिवर्तन चाहन्छन् । उनीहरु रजनीकान्त राजनीतिमा आओस् भन्ने नै चाहन्छन् ।
रजनीकान्तभन्दा पहिले तामिल स्टार कमल हसनले पनि राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर उनको राजनीतिक यात्रा अहिलेसम्म सुरु भएको छैन । तर रजनीकान्तको घोषणालाई भने हसनले स्वागत गरेका छन् ।
रजनीकान्तले आगामी विधानसभा चुनावमा तामिलनाडुका सबै क्षेत्रमा आफ्नो नयाँ पार्टीले प्रतिस्पर्धा गर्ने पनि घोषणा गरेका छन् । उनले घोषणा गरे अनुसार नै सबै कुरा भयो भने डीएमके र एआईडीएमकेलाई कडा टक्कर दिनेछन् उनले । तामिलनाडुमा दुई जना ठूला स्टारले राजनीतिक सफलता हात पारेका थिए । रजनीकान्त र कमल हसन पनि राजनीतिमा आएर सफल भए यो अर्को पुस्ता हुनेछ ।
को हुन् रजनीकान्त ?
सन् १९५० मा भारतको बेंगलोरमा जन्मेका रजनीकान्तले दक्षिण भारतीय मात्रै होइन केही हिन्दी चलचित्रमा पनि आफ्नो दमदार अभिनय गरेका छन् । उनको वास्तविक नाम शिवाजी राव भए पनि उनी चलचित्र क्षेत्रमा रजनीकान्तकै नामले प्रसिद्ध छन् । उनी चलचित्र क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले बेंगलोर ट्रान्सपोर्टमा बसको कन्डक्टरको रुपमा कार्यरत थिए ।
सन् १९७३ मा मद्रास फिल्म इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा गरेका रजनीकान्तले १९७५ मा ‘अपूर्व रागानल’ नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । सुरुमा खलनायकको रुपमा अभिनय गरेका रजनीकान्तले थुप्रै हिट चलचित्र दिएका छन् । सन् २००७ मा शिवाजी चलचित्रबाट २६ करोड कमाएका रजनीकान्त त्यस समय ज्याकी च्यानपछाडि सबैभन्दा मंहगा एसियन कलाकार थिए ।
उनलाई भारत सरकारले सन् २००० मा पद्म भूषण र सन् २०१६ मा पद्म विभूषणबाट सम्मानित गरेको छ । उनले रा. वन, लिन्गा, काबिल, सिनेमा वीरन, रोबोटजस्ता सर्वाधिक सफल चलचित्रमा अभिनय गरेका छन् । आउँदो वर्ष उनी र अक्षय कुमार अभिनित बहुप्रतिक्षित चलचित्र ‘२.०’ आउँदैछ ।
चलचित्र उद्योगमा पछाडि फर्केर हेर्न नपरेका रजनीकान्तको अगाडिको राजनीतिक यात्रा कस्तो हुने हो त्यो भने आगामी दिनले नै बताउला ।
–एजेन्सीहरुको सहयोगमा
सम्बन्धित सामग्रीहरु
-
भारतीय प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा रफीक पक्राउ
वैशाख ११ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
-
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
-
किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
वैशाख १० – दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ ।
-
मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
वैशाख ९ – भारतीय कम्युनिस्ट पार्टी(माक्सवादी) को महासचिवमा सिताराम येचुरी पुनः निर्वाचित भएका छ ।
-
काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस