MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

२०१७ मा बलिउड : कुन नायिकालाई फाप्यो, कसलाई फापेन ?

पुस १७ –आजबाट अंग्रेजी नयाँ वर्ष २०१८ सुरु भएको छ । बलिउड अभिनेत्रीमध्ये केहीको लागि सन् २०१७ सफल रह्यो त केहीका लागि असफल  । सन् २०१७ को अन्त्य तथा २०१८ को सुरुवातसँगै हामी बलिउड अभिनेत्रीको २०१७ को यात्राको विषमा चर्चा गर्दैछौँ ।

१. दीपिका पादुकोण– दिपिका पादुकोणको वर्ष २०१७ मा एउटा मात्रै फिल्म रिलिज भयो । त्यो फिल्म बलिउडको नभएर हलिउडको ‘ट्रीपल एक्स रिटर्न अफ जेण्डर केज’ हो । यो फिल्म न त हलिउडमा चल्यो, न त यसको हिन्दीमा डबिङ गरिएको हिन्दी भर्सन नै चल्यो । २०१७ मा बलिउडमा दीपिकाको बहुप्रतिक्षित फिल्म प्रदर्शन हुन लागेको थियो । जुन फिल्म बक्स अफिसको हिट फिल्म हुनसक्ने अनुमान पनि गरिएको थियो । तर फिल्म विभिन्न विवादमा तानिएका कारण रिलिज भएन जुन फिल्म हो ‘पद्मावती’ । तसर्थ २०१७ मा दीपिकाको एउटा फिल्म पनि बलिउडमा रिलिज भएन् । 

२. आलिया भट्ट– आलिया भट्टको २०१७ मा केवल एउटा मात्रै फिल्म प्रदर्शन भएको थियो । फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ मार्फत आएकी थिइन आलिया । फिल्मले बक्स अफिसमा व्यापार राम्रो गर्‌‌‌यो । फिल्म  ‘बद्रीनाथकी दुल्हनिया’ हिट भयो । २०१७ आलियाका लागि निकै नै सफल वर्ष बन्यो । 

३. अनुष्का शर्मा– अनुष्का शर्माको लागि वर्ष २०१७ निकै नै अविष्मरणीय बन्यो । २०१७ डिसेम्बर ११ मा अनुष्काको भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग विवाह भयो । तर फिल्मी करियरका हिसाबले भने अनुष्काको लागि २०१७ साल राम्रो रहेन । उनले शाहरुख खानसँग ‘जब ह्यारी मेट सेजल’ मा अभिनय गरेकी थिइन् । तर यो फिल्म चलेन । त्यस्तै उनको अर्को फिल्म थियो ‘फिलौरी’ । यो फिल्म पनि फ्लप भयो । 



४. कटरिना कैफ– कटरिनाको साल २०१७ मा दुई फिल्म रिलिज भएका थिए । पहिलो फिल्म हो ‘जग्गा जासूस’ जुन फिल्ममा उनी आफ्ना पूर्व प्रेमी रणवीर कपूरका साथमा आएकी थिइन् । फिल्म चलेन, बलिउडको २०१७ को सुपर फ्लप फिल्म बन्यो ‘जग्गा जासूस’ । त्यस्तै कटरिनाको दोस्रो फिल्म ‘दाइगर जिन्दा हे ’ रिलिज भयो । जसमा उनका अर्का पूर्व प्रेमी सलमान खानको जोडीको रुपमा अभिनय गरेकी छिन् । फिल्म सुपर हिट भयो । सलमान खानसँगै कटरिनाको अभिनय दर्शकले धेरै रुचाए ।

५. श्रद्धा कपूर– श्रद्धा कपूरका २०१७ मा तीन वटा फिल्म रिलिज भए । पहिलो फिल्म ‘ओके जानु’ थियो तर यसलाई दर्शकले ओके भनेनन् । फिल्म असफल भयो । त्यसपछि उनको अर्को फिल्म आयो ‘हसिना पार्कर’ । यो फिल्म आएको र गएको प्रति दर्शकले मतलब नै गरेनन् । उनको दोस्रो फिल्म पनि फ्लप भयो । उनको अर्को फिल्म ‘हाफ गर्लफ्रेण्ड’ ले व्यापार पनि हाफ नै गर्‌‍‍यो । अर्थात फिल्मको व्यापार औसत नै रह्यो । यसर्थ श्रद्धाका लागि २०१७ ठिकै मात्र रह्यो । 

६. कंगना रनौत– बलिउडकी क्वीन कंगना रनौतको यो वर्ष २ वटा फिल्म रिलिज भए । पहिलो फिल्म ‘रंगुन’ जसमा कंगनासँगै सैफ अली खान र शाहिद कपूरको पनि अभिनय रहेको थियो । फिल्म सुपर फ्लप भयो । त्यसपछि कंगनाको दोस्रो फिल्म ‘सिमरन’ रिलिज भयो । यो फिल्म पनि फ्लप भयो । कंगनाको २०१७ सालको बलिउड यात्रा असफल बन्यो । 

७. विद्या बालन– विद्या बालनको २ वटा फिल्म रिलिज भए । दुईवटा फिल्मबाट उनलाई दुई किसिमको नतिजा मिल्यो । फिल्म ‘तुम्हारी सुल्लु’ सफल भयो । उनको दोस्रो फिल्म ‘बेगम जान’ यो फिल्म फ्लप भयो । 

८. परिणीति चोपडा– परिणीति चोपडाको २०१७ को पहिलो  फिल्म ‘मेरी प्यारी बिन्दु’ रिलिज भयो तर उनी दर्शकको प्यारी बन्न असफल भइन, फिल्म चलेन । त्यसपछि रिलिज भयो ‘गोलमाल अगेन’ जुन फिल्ममा उनी भूत बनेर दर्शक माझ आइन् । उनको अभिनय दर्शकले रुचाए । फिल्म ‘गोलमाल अगेन’ भने सुपर हिट भयो । 

९ कृति सेनन– कृति सेननका २ वटा फिल्म रिलिज भए । राब्ता फिल्म असफल रह्यो । उनको अर्को फिल्म ‘बरेली कि बर्फी’ दर्शकले रुचाए । फिल्म ‘बरेली कि बर्फी’को सफलतासँगै कृति सेननलाई पनि सफलता मिल्यो । 


 
१०. भूमी पेडनेकर– भूमी पेडनेकरको पनि २०१७ मा २ वटा फिल्म रिलिज भए । अरु हिरोइनको तुलनामा भूमी भाग्यमानी ठहरिन् । किनकी उनका दुईवटै फिल्म सफल भए । उनको पहिलो फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ सबैलाई जानै पर्छ ट्वाइलेट तसर्थ दर्शकहरु फिल्म हेर्न गए । फिल्म सफल भयो ।  अर्को फिल्म ‘शुभ मंगल सावधान’ मा आयुष्मान खुरानाको जोडीको रुपमा उनकोे अभिनयले दर्शकको मन जित्यो । ‘शुभ मंगल सावधान’ फरक धारको फिल्म भएर पनि सफल बन्यो,  साथमा भूमीको २०१७ को बलिउड यात्रा सुखद रह्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया