MENU

अन्तर्राष्ट्रिय

नयाँ वर्षमा रक्सी खाएर सवारी चलाउने १७ सय प्रहरीको फन्दामा

पुस १७ –भारतको राजधानी नयाँ दिल्लीमा नयाँ वर्ष लाग्ने रातमा १७ सयभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । 

आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ सयलाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरुमध्ये अधिकांश महिला रहेका छन् । 

दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकाहरुलाई जाँच गर्नका लागि दिल्लीका सडकहरुमा व्यवस्थापकीय तयारी कडा गरेको थियो । 

प्रहरी अधिकारीहरुका अनुसार नयाँ दिल्लीका ४३३ ठाँउमा बसेर प्रहरीले चेक जाँच गरेका थिए भने मादक पदार्थ प्रयोगबारे जाँच गर्ने झण्डै १२५ वटा परिक्षण यन्त्र समेत प्रयोग गरिएको थियो । 

प्रहरीले रातभरी नै चेकजाँच गरेको दिल्ली प्रहरीका वरिष्ठ प्रहरी अधिकारी दिपेन्दर पाठकले जानकारी दिनुभयो । कारबाही भोग्नेमा पुरुषभन्दा महिला बढी भएको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘ट्राफिक नियम कुनै लिङ्ग विशेष विरुद्ध छैन ।’ 

‘हामीले मध्यरात भन्दा अगाडी सम्ममा ७ सय ४५ जनालाई कारबाही गरेका थियौं भने मध्यरातपछि एक हजार सात जनालाई कारबाही गर्‍यौँ’ पाठकले थप्नुभयो । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोमा कारबाही भोग्नेमध्ये ९० प्रतिशत भन्दा बढी युवा रहेका पाइएको छ । उनीहरु पनि विशेष गरेर महिला नै रहेको प्रहरी श्रोतले जनाएको छ । 

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिसँग सडक दुर्घटनाको पनि प्रत्यक्ष सम्बन्ध रहेकाले दिल्ली प्रहरीले कडाई गर्न थालेको छ । 

प्रहरीले सवारी साधन चलाउन मादक पदार्थ सेवन गर्नेलाई लामो समय जेल सजाय र धेरै रकम तिराउने दण्ड सजायको पनि व्यवस्था गरेको छ । –रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया