MENU

अन्तर्राष्ट्रिय

इरानमा प्रदर्शन हिंसात्मक बन्दै, १० जनाको मृत्यु

पुस १७ –इरानमा सरकारको राजिनामा माग गर्दै भएको प्रर्दशनमा १० जनाको ज्यान गएको छ । ४ सय जना पक्राउ परेका छन् ।

इरानको सरकारी टेलिभिजनले प्रदर्शनकारी र प्रहरीविचको झडपमा १० जनाको ज्यान गएको पुष्टी गरेको विविसीले जनाएको छ । इरानमा आर्थिक अवस्था सुधार, भ्रष्ट्राचार नियन्त्रण र पारदर्शीताको माग गर्दै प्रदर्शन हुँदै आएको छ । राष्ट्रपति हसन रुहानीले शान्त रहन आग्रह गरे पनि ३ दिनयता इरानका मुख्य सहरमा प्रदर्शन चर्किएको छ ।  

इरानका सहरमा सन् २००९ यता सबैभन्दा धेरै नागरिक सडकमा देखिएका बीबीसीले जनाएको छ । आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीको पक्षमा ट्वीट गरेपछि प्रदर्शन झनै उग्र भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया