MENU

समाज

Ncell Axiata
NIC Asia

तुइन चुँडिदा एकको मृत्यु, दुई घाइते

कैलाली, पुस १७ –कैलाली मोहन्याल गाउँपालिका–७, स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुँडिदा एक जनाको ज्यान गएको छ । 

घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुँडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

नदी माथिको तुइन तर्ने क्रममा अचानक ‘लक’ चुँडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ । घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो । 

दुर्घटनामा परि घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफरिस गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया