MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​ट्रम्पको ट्वीटको व्यापक विरोध

पुस १७ –राष्ट्रपति हसन रुहानीको टेलिभिजन भाषणपछि इरानका प्रमुख शहरमा प्रदर्शन जारी छ ।

अझ प्रदर्शन हिंसात्मक भैरहेको छ । अहिलेसम्म १० जनाले ज्यान गुमाईसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्वीट विवादित बनेको छ । ट्रम्पले प्रदर्शनकारीहरुको समर्थन गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प लेख्नुहुन्छ, ‘इरानमा ठूलो प्रदर्शन जारी छ । अब बल्ल इरानका नागरिक सचेत हुँदैछन् । उनीहरुले आफ्नो पैसा र सम्पत्ति कसरी आतंकवादको लागि प्रयोग हुँदैछ भन्ने थाहा पाएका छन् । उनीहरुले अब यसलाई सहन सक्दैनन् । यस घटनालाई अमेरिकाले नजिकबाट नियालिरहेको छ ।’

तर सामाजिक सञ्जालमा इरानी नागरिकले ट्रम्पको ट्वीटको विरोध गरिरहेका छन् ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया