MENU

खेल

दोस्रो स्थानमा फर्कियो म्यानचेस्टर युनाइटेड

पुस १८ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत सोमबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको हो । ५७ औँ मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । खेल सकिन ९ मिनेट बाँकी हुँदा लिङ्गार्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । जितपछि उसको २२ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा झरेको चेल्सीको २१ खेलबाट ४५ अंक छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ । लिगमा लगतार तीन खेलमा बराबरीपछि युनाइटेडले पहिलो जित दर्ता गरेको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया