अन्तर्राष्ट्रिय
यौनहिंसा विरुद्ध हलिवुडका महिलाको नयाँ अभियान ‘टाइम्स अप’
- Tuesday, Jan 02, 2018
- 06:34 AM ( 4 months ago )
- Total Views: 1.3 K
पुस १८ – चलचित्र उद्योग र अरु कार्यक्षेत्रमा हुने गरेको यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्ध लड्न तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नका लागि हलिवुडका महिलाले अभियान सुरु गरेका छन् । तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ परियोजना सुरु गरेका हुन् । न्युर्योक टाइम्स पत्रिका पूर्ण पृष्ठको विज्ञापन प्रकाशित गरेर हलिवुडका महिलाले यो अभियान सुरु भएको घोषणा गरेका हुन् ।
मनोरञ्जन उद्योगका महिलाबाट सुरु भएको परिवर्तनको लहर अरु क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्यले यो हलिवुड अभियान सुरु गरिएको हो । सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि हाइ प्रोफाइल अभिनेत्रीहरुले यौनदुर्व्यहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ । त्यसको परिणाम स्वरुप अहिले हलिवुड मात्रै नभएर टेलिभिजन तथा खेलकुद क्षेत्रका महिला पनि यौनहिंसा विरुद्ध बोल्न थालेका छन् ।
नाटाली पोर्टम्यान, रीसे विदरस्पुन, केट ब्लान्चेट, इभा लङगोरिया, एम्मा स्टोनसहितका अभिनेत्रीको साथ रहेको टाइम्स अप अभियानले यौनहिंसामा परेका सबै क्षेत्रका महिलालाई सहयोग गर्ने उद्देश्य लिएको छ ।
अभियानले अहिलेसम्म १३ मिलियन अमेरिकी डलर भन्दा बढी रकम संकलन गरिसकेको छ । अभियानले १५ मिलियन डलरको कोष बनाउने लक्ष्य लिएको छ । यौनहिंसामा परेका महिलालाई कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
यशवन्त सिन्हाले छोडे बीजेपी
वैशाख ८ – भारत सरकारका पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका यशवन्त सिन्हाले भारतीय जनता पार्टी(बीजेपी) छोडेका छन् ।
-
उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने
वैशाख ८ – उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।
-
उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
वैशाख ७ – अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन् ।
-
स्वाजील्याण्डका राजाले गरे देशको नाम परिवर्तन
वैशाख ७ – अफ्रिकाको अन्तिम सामा्रज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।
-
उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने
वैशाख ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सकारात्मक नभए बीचमै छोड्ने बताएका छन् ।
-
राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
काठमाडौं, वैशाख ८ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौंमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
प्रतिक्रिया दिनुहोस