MENU

खेल

Ncell Axiata
NIC Asia

इन्जुरी समयको गोलले लिभरपुल विजयी

पुस १८ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नली र लेस्टरले हडर्ल्सफिल्डलाई हराएका हुन् । 

अवे मैदानमा भएको खेलमा लिभरपुलले बर्नलीलार्य २–१ ले हरायो । लिभरपुलका लागि साडिओ माने र राग्नर क्लवानले गोल गरे । बर्नलीका लागि बर्ग मुडमण्डसनले एक गोल फर्काए ।

पहिलो हाफका गोल रहित बराबरी भएको खेलमा ६१ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । ८७ औँ मिनेटमा गुडमण्डसनले बर्नलीका लागि बराबरी गोल फर्काए ।

तर इन्जुरी समयको चौथो मिनेटमा क्लवानले गोल गर्दै लिभरपुललाई जित दिलाए । क्लवान प्रिमियर लिगमा गोल गर्ने पहिलो इस्टोनियाका खेलाडी पनि भएका छन् । जितपछि चौथो स्थानको लिभरपुलको २२ खेलबाट ४४ अंक भएको छ । 

अर्को खेलमा लेस्टर सिटीले हडर्ल्सफिल्डलाई ३–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको लेस्टरले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

लेस्टरका लागि ५३ औँ मिनेटमा रियाद महरेज, ६० औँ मिनेटमा इस्लाम इस्लिमानी तथा इन्जुरी समयको दोस्रो मिनेटमा अलब्राइटनले गोल गरे ।

जितपछि आठौँ स्थानको लेस्टरको २२ खेलबाट ३० अंक भएको छ ।  अर्को खेलमा न्युक्यासलले स्टोक सिटीलाई १–० ले हरायो । ब्राइटन र बोर्नमाउथले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया