MENU

अर्थ

ujyaalo forign call inside

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, पुस १८ – नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । 

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर  एक÷एक रुपैयाँ मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९÷७९ रुपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ । 

भारतीय आयल निगमले आज नयाँ मूल्यसूचि पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया