MENU

खेल

बार्सिलोनाले कोन्टिन्होका लागि ठूलो मूल्य तिर्नु पर्ने

पुस १८ – लिभरपुलले फिलिप कोन्टिन्होका लागि बार्सिलोनासँग ठूलो रकम माग्ने तयारी गरेको बेतायती पत्रिका टेलिग्राफले जनाएको छ । २५ वर्षे ब्राजिलियन प्लेमेकर कोन्टिन्होका लागि एक सय ६० मिलियन पाउण्ड भन्दा बढी कम माग्ने तयारीमा लिभरपुल रहेको छ । बार्सिलोना पनि जनवरी विण्डोमा कोन्टिन्होलाई क्लब भित्र्याउन १६० मिलियन पाउण्डसम्म तिर्न तयार रहेको स्पेनिस सञ्चारमाध्यले जनाएका छन् । बार्सिलोनाका लागि आवश्यक जर्सी, बुटसहितका सामग्री उत्पादन गर्दै आएको नाइकले लिभरपुलका प्लेमेकर फिलिप कोन्टिन्होको नाम प्रयोग गरेर बार्सिलोनाको जर्सीको विज्ञापन गरेपछि लिभरपुल थप रकम माग्ने मनसायमा पुगेको हो ।

नाइकले आफ्नो वेबसाइटमा लिभरपुल स्टार कोन्टिन्होको नाम रहेको जर्सीको विज्ञापन गरेको हो । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होलाई क्लब भित्र्याउन तीनपटकसम्म प्रयास गरेको थियो । तर त्यसमा सफल भने भएन । नाइकले आफ्नो वेबसाइटमा लेखेको थियो ‘फिलिप कोन्टिन्हो इज रेडी टु लाइट अप क्याम्प नाउ.’ २५ वर्षे बाज्रिलियन कोन्टिन्होलाई नाइकले प्रायोजन गरेको छ र उनले त्यसै जर्सी, जुत्ता तथा अरु स्पोर्टवेयर लगाउने गरेका छन् ।

सन् २०१७ को सुरुमा लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका कोन्टिन्होले लिभरपुलका पछिल्ला सात खेलमा ६ गोल गरेका छन् । लिभरपुलले कोन्टिन्होका लागि बार्सिलोनाले गरेको ७२ मिलियन, ९० मिलियन र ११४ मिलियन पाउण्डको प्रस्ताव गएको समरमा अस्वीकार गरेको थियो ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया