MENU

समाज

ujyaalo forign call inside

बैतडीमा २२४ सामुदायिक विद्यालयमा दरबन्दी शून्य

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, पुस १८ – बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालय मध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी श्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् ।

दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर समेत खस्कदै गएको छ । समुदायले विद्यालय स्थापनाका लागि माग गर्दा जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको तर विद्यालयमा दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएका छन् ।

बैतडीका ५३९ सामुदायिक विद्यालय मध्ये आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म पढाइ हुने मध्ये ९० विद्यालय दरबन्दी बिहीन छन् । यस्तै कक्षा १ देखि ८ सम्म पढाइ हुने ९१ र माध्यमिक तहका ४३ विद्यालय दरबन्दी बिहीन रहेका छन् । दरबन्दी नभएका विद्यालयहरु निजीश्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् ।

शिक्षक दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले समस्या खेपिरहेका छन् । निजी श्रोतमा चलेका विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताउनुभयो ।

बैतडीमा २०७१ सालमा दरबन्दी मिलान गर्ने निर्णय गरिएको भएपनि त्यो कार्यान्वयनमा आउन सकेन । फलस्वरुप सामुदायिक विद्यालयहरुमा शिक्षकको अभाव कायमै रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया