MENU

राजनीति

Ncell Axiata
NIC Asia

विष्णु रिमालले भने-योगेश भट्टराईको ‘माका फूईं’ले सगरमाथा चढ्यो

काठमाडौं, पुस १८ – एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिबाट सन्यास लिन सचिव योगेश भट्टराईले गरेको आग्रहलाई पार्टीभित्र कै नेताले कडा प्रतिवाद गरेका छन् ।

आइतबार पेशगत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझा दिनुभएको थियो ।

ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव

ओली र दाहालले पार्टी एकता गरेपछि त्यसभन्दा ठूलो काम गर्ने ठाउँ नै नभएकाले सन्यास लिएर सम्मानित भएर बस्नुपर्ने सचिव भट्टराईले भनाइ थियो ।

भट्टराईको यस्तो धारणाप्रति एमाले नेता विष्णु रिमालले ट्वीटरमार्फत असहमति जनाउनुभएको छ । सोमबार रिमालले ट्वीटरमा ओलीकै सहयोगका कारण चुनाव जित्नेले गुन बिर्सिएको भन्दै आपत्ति जाउनुभएको हो । 

प्रतिनिधिसभा चुनावको प्रचारप्रसारको क्रममा ओलीले भट्टराईले चुनाव जितेको ताप्लेजुङ पुगेर चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिबद्धता मतदाता माझ व्यक्त गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया