MENU

अन्तर्राष्ट्रिय

उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियासँग दक्षिण कोरियाको आग्रह

पुस १८ – दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्नका लागि दक्षिण कोरियाले यहि जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको हो ।

उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको र विन्टर ओलम्पिकमा आफ्नो देशको सहभागिता गराउने विषयमा पनि सोचिरहेको बताएका थिए ।

नेता किमले त्यसका लागि तत्काल छलफलको खाँचो रहेको बताएका थिए । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको प्रस्ताव सम्बन्ध सुधारका लागि सुनौलो मौका रहेको बताएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया