MENU

समाज

ujyaalo forign call inside

जब खानेपानीको धाराबाट भात आयो...

कालिकोट, पुस १८ – कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुको खानेपानी धाराबाट भात आएको छ । धारामा पानी थाप्न गएका बेला पानीसँगै भात आएको स्थानीय लंकबहादुर बमले बताउनुभयो ।

एक सयभन्दाबढी घरधुरीले त्यो पाइपको पानी खाँदै आएका छन् । कालच्युरी, पिलकोट, वड, लखनवाडालगायतका बस्तीहरुमा दुषित पानीका कारण स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । 

२०६४ सालमा निर्माण गरिएको दाम्रिपुछर खानेपानी आयोजना अहिले जीर्ण अवस्थामा छ । खोलाबाट आउने कुलो र खानेपानीको पाइप एकै ठाउँमा भएकाले दुषित पानी मिसिएर आउने गरेको छ ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले पुराना आयोजना जीर्ण भएका कारण मर्मत, निर्माण र स्तरोन्नति गरेर स्थानीय बासिन्दाको खानेपानी अधिकार सुनिश्चित गर्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया