MENU

समाज

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

रमेश गिरी/उज्यालो ।

भक्तपुर,  पुस १८– भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा मंगलबारदेखि एक महिने माधवनारायण ब्रत एवं मेला सुरु भएको छ ।

हरेक वर्ष पुसशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला मंगलबार बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पुजा गरेपछि ब्रत सुरु भएको हो ।

श्रीस्वस्थानी वाचन सोमबारदेखि सुरु भए पनि दुईदिन पूर्णिमा भएकाले ब्रत मंगलबारबाट सुरु भएको माधवनारायण ब्रत व्यवस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले जानकारी दिनुभयो । यो मेला भक्तपुरमा नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको मानिन्छ ।

साँखुको शालिनदी जस्तै हनुमानघाटको त्रिवेणी धाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष ३ जना महिला र १२ जना पुरुष गरी १५ जना ब्रत बसेका छन् । भूकम्पले भत्केको संरचनामा बस्ने ठाउँ नहुँदा यस वर्ष ब्रत बस्ने संख्यामा निकै कमि आएको छ । ब्रत बस्नेतमा ६ वर्षका बालकदेखि ७५ वर्षका वृद्धसम्म रहेका छन् ।

माधवनारायणको ब्र्रत बस्ने व्यक्तिले ब्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको यहाँका पुजारी शर्माले जानकारी दिनुभयो ।

नेपाल संवत ७२२ मा रणजीत मल्ल आफैँले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँ स्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ ब्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाई थियो ।

ब्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने ब्रत समापन गर्ने परम्परा रहेको माधवनारायणका अर्का पुजारी राजु राजोपाध्यायले बताउनुभयो ।

ब्रतालु महिलाहरु त्रिवेणीघाटमा महिनादिनसम्म बसेर ब्रत पूरा गर्ने र पुरुषहरु ब्रतालु भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने तथा ब्रतालु महिलासँगै विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने गरे पनि यस वर्ष भने महिलालाई पनि यहाँ बस्ने व्यवस्था नगरिएकाले ब्रतालुको संख्या घटेको उहाँले बताउनुभयो ।

भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुर्ननिर्माण सुरु गरिएकाले यस वर्ष बस्ने ठाउँको अभावका कारण राती बस्ने ब्यबस्था नगर्दा ब्रतालुको संख्या घटेका हुन् ।  ब्रतालुहरुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर मेला समापन गर्ने परम्परा रहेको छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाँट भन्ने प्रचलन रहेको छ ।

 

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

​एक महिने माधवनारायण ब्रत एवं मेला सुरु(फोटो कथा)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया