MENU

समाज

ujyaalo forign call inside

घरको नक्कली नक्सा बनाउने धनगढीका एक युवक पक्राउ

नवराज पनेरु/उज्यालो ।

कैलाली, पुस १८ –धनगढी उप–महानगरपालिकामा विभिन्न व्यक्तिको नक्कली घरनक्सा पास गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर –१२, डी गाउँका धर्मेन्द्र सिंह नक्कली घरनक्सा बनाएको आरोपमा पक्राउ परेका हुन् ।

सिंहले आफ्नो गाउँका धेरै जनाको नक्कली घरनक्सा बनाएर पास गराएका छन् । उप–महानगरपालिकाका कार्यकारी अधिकृत, डिभिजनल इन्जिनियर र अमीनको नक्कली हस्ताक्षर गरेर एकै घरको नक्साको ३५ हजारसम्म रकम लिने गरेको खुलेको छ ।

घर सम्पन्नताको प्रमाणपत्र बिना छाप लगाएर दिएपछि सेवाग्राही उपमहानगरपालिकामा आएका र त्यसपछि त्यो नक्कली नक्सा भएको खुलासा भएको थियो । गाउँका धेरै जनाको नक्कली घरनक्सा बनाएर सम्पन्नताको प्रमाणपत्र पनि दिइसकेका सिंहले, सरकारी छाप, कार्यकारी अधिकृत, डिभिजनल इन्जिनियर र अमीनको हस्ताक्षर नक्कल गरेर नक्सा बनाउने गरेको एकजना पीडित नारायण ठगुन्नाले बताउनुभयो ।

गठुन्ना मात्रै होइन, सोही गाउँका मदनराज जोशी र नन्दसिंह ढाँटले पनि १८ हजार भन्दा बढी रकम दिइसकेपछि आफ्नो घर सम्पन्नताको प्रमाणपत्र नक्कली भएको थाहा पाएका छन् ।

मंसिर १३ गतेको मिति हालेर दिइएको स्थानीय मदनराज जोशीको घरनक्साको प्रमाणपत्रमा  एक वर्ष अघि नै सरुवा भइसक्नु भएका कार्यकारी अधिकृतको हस्ताक्षरसँग मिल्ने गरी किर्ते हस्ताक्षर गरिएको छ । घरनक्सा फाँटमा पुगेपछि सबै हस्ताक्षर नक्कली भएको रहस्य खुलेको उप–महानगरपालिकाका घरनक्सा फाँटका अमीन कृष्ण शाहीले बताउनुभयो ।

घरनक्साका कागजातमा धनगढीको डेल्टा कन्सल्टेन्सीको पनि छाप लगाइएको छ । तर, त्यो कन्सल्टेन्सी उपमहानगरपालिकामा सूचिकृत छैन । स्थानीय र उपमहानगरपालिकाको उजुरी पछि सिंह पक्राउ परेका छन । पक्राउ परेका सिंहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया