MENU

बातावरण-कृषि

बाँकेमै कोल्ड स्टोरको निमार्णपछि किसानलाई राहत

बाँके, पुस १८ –बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालगन्जका व्यवसायीहरु टंकप्रसाद शर्मासहितको समूहले करिब २० करोडको लागतमा शीतभण्डार निर्माण सुरु गरेको हो ।

१० हजार टन भण्डारण क्षमताको शीतभण्डार  यही फागुन महिनाबाट संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको संचालक शर्माले जानकारी दिनुभयो । नेपालगञ्जबाट झण्डै ५ किलोमिटर पश्चिम खजुरा नजिकै २ बिघा जग्गामा  नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण कार्य हाल धमाधम भइरहेको छ । जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ देखि भए पनि गत वैशाखदेखि निर्माण कार्य सुरु भएको हो ।

नेपाल जडिबुटी व्यवसायी सङ्घका केन्द्रीय महासचिव समेत रहनुभएका शर्माले शीतभण्डारमा जडिबुटी भण्डारण गरिने बताउनुभयो । यसैगरी  कर्णालीको स्याउ, तरकारी र आलु पनि भण्डारण गर्ने लक्ष्य पनि छ । मध्य र सुदूरपश्चिमका किसानका उत्पादनलाई भण्डारण गर्ने लक्ष्य राखिएको छ । 

शीतभण्डारको अभावमा यसक्षेत्रको जडिबुटी भण्डारणका लागि भारतको लखनउ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको शर्माले बताउनुभयो । यसैगरी कर्णालीमा उत्पादन हुने स्याउ भण्डारण गर्ने लक्ष्य समेत राखिएको शर्माले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया