MENU

राजनीति

ujyaalo forign call inside

दिपायल राजधानी माग्दै आन्दोलन सुरु

विमल विष्ट/उज्यालो ।

डोटी, पुस १८ –प्रदेश नम्बर ७ को राजधानी दिपायल तोक्नुपर्ने माग गर्दै डोटीमा आन्दोलन सुरु भएको छ । आन्दोलकारीको एक समूहले दिपायलको प्रमुख व्यापारीक केन्द्र पिपल्ला बजारमा टायर समेत बालेको छ । राजधानी माग गर्दै यहाँको संघर्ष समितिले एक हप्तादेखि शान्तिपूर्ण र्‍यालीको आयोजना गर्दै आएको छ ।

‘प्रदेशको राजधानी दिपायल घोषणा गर’ भन्दै दिपायलको प्रमुख व्यापारीक केन्द्र दिपायल, पिपल्ला, एयरपोर्ट र राजपुरलगायतका ठाउँमा मंगलबार स्थानीय बासीन्दासहितको र्‍याली निकालिएको छ । गएको बुधबार देखि ७ नम्बर प्रदेशको राजधानी दिपायल नै हुनुपर्ने माग गर्दै साताव्यापी दवावका कार्यक्रम चलिरहेका छन् ।

उक्त संघर्ष समितिले दैनिक २ घण्टा रिले चक्काजामको कार्यक्रमसमेत गर्दै आएको उक्त र्‍यालीका सहभागी मध्येकी एक स्थानीय तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ‘राजधानी दिपायल तोक्नका लागि अहिले हामीले शान्तिपूर्ण र्‍याली गर्दै आएका छौ, दिपायल राजधानी नतोकिए हामी कडा आन्दोलमा पनि उत्रिन तयार हुने छौं ।’

त्यस्तै मंगलबार दिउसोबाट यहाँका बजारहरु पनि पूर्ण रुपमा बन्द गरिएका छन् भने सडकमा टायर बालिएको छ । माओवादी केन्द्रका तेजबहादुर डुम्रेल तथा डबल साउदको नेतृत्वमा सडकमा टायर बालिएको हो ।

७ नम्बर प्रदेशका ९ वटै जिल्लाको पायक पर्ने स्थान दिपायल रहेको र सुरक्षा सम्बेदनशिलताका आधारले पनि सुरक्षित, पुरानो डोटी गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त, सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाइसराइलाई न्यून गर्ने जस्ता पर्‍याप्त आधार भएकाले दिपायलमा नै राजधानी कायम गरिनु पर्ने मागसहित आफूहरु आन्दोलनमा उत्रिएको आन्दोलनको नेतृत्व गरिरहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया