MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी

काठमाडौं, पुस १८ –सरकारले राष्ट्रियसभा चुनावको मिति घोषणा र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । 

आज बिहान बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्री देउवाले तत्काल सबै दलका शीर्ष नेतासँग छलफल गरी र राष्ट्रियसभा चुनावको मिति, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गर्नुभएको नेता बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस पदाधिकारी र शीर्ष नेताले, राष्ट्रियसभा चुनाव प्रदेश प्रमुख र राजधानीको निर्णय गर्नुअघि एकपटक सवै दलका शिर्ष नेतासंग छलफल गर्नुपर्ने सुझाव दिएका थिए । 

निर्वाचन आयोगका पदाधिकारीले पनि केही दिनअघि प्रधानमन्त्री देउवालाई भेटेरै राष्ट्रियसभा चुनावको मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गरेका थिए । बैठकमा काँग्रेस नेताहरुले तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउन माग गरेका छन् ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया