खेल
नेत्रहीन विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई
- Tuesday, Jan 02, 2018
- 15:39 PM ( 4 months ago )
- Total Views: 1.5 K
काठमाडौं, पुस १८ –पाँचौ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
पुस २४ गतेदेखि पाकिस्तान र दुवइमा हुने प्रतियोगिता खेल्ने १४ जना खेलाडीसहितको नेपाली टोलीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतले बिदाइ गर्नुभएको हो ।
नेपालले पुस २४ गते बंगलादेशसंग २५ गते भारतसँग, २६ गते पाकिस्तानसँग, २९ गते अष्ट्रेलियासँग र माघ १ गते श्रीलंकासँग खेल्नेछ । बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले नेपाली टोलीले राम्रो अभ्यास गरेकोले उपाधिको आशा राखेको बताए ।
अघिल्ला संस्करणमा यस प्रतियोगितामा १० देशले सहभागिता जनाए पनि यो वर्ष भने ६ वटा देशमात्रै खेल्ने भएका छन् । गत वर्ष भएको दोस्रो ट्वेन्टी–ट्वेन्टी नेत्रहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई हराएको थियो ।
सम्बन्धित सामग्रीहरु
-
दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
काठमाडौं, वैशाख ८ – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन चार स्वर्ण जितेर भारतले अग्रता कायम गरेको छ ।
-
आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
वैशाख ८ – इन्डियन प्रिमियर लिग(आईपीएल) किंग्स इलाभेन पञ्जाबसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाता नाइटराइडर्सले १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
-
संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
इलाम, वैशाख ८ – सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
-
आईपीएलमा पञ्जाबको टक्कर कोलकातासँग : एकातर्फ गेल, अर्कोतर्फ रसेल
वैशाख ८ – आईपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा कोलकाता र पञ्जाब खेल्दैछन् । खेल दिउँसो सवा ४ बजेपछि कोलकातामा सुरु हुनेछ ।
-
नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा
वैशाख ८ – क्ले कोर्टका बादशाह मानिने स्पेनिस स्टार रफायल नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
-
डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो
डोटी, वैशाख ८ – डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
- ‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
- राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
प्रतिक्रिया दिनुहोस