MENU

अर्थ

शेयरबजारमा क्रमिक सुधार

काठमाडौं, पुस १८ –शेयर बजार परिसुचक नेप्से मंगलबार झण्डै साढे २ अंकले बढेको छ । सोमबार ४४ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार २ दशमलव ४४ अंकले बढेर १४ सय ३७ विन्दु नाघेको हो । 

एक समय बढेर १४ सय ५३ विन्दुभन्दा माथि पुगेको नेप्से बजार बन्द हुने बेलासम्म १४ सय ३७ दशमलव २४ विन्दुमा आइपुगेको हो । समग्र नेप्से बढे पनि आज बैंकिङ्ग, बाणिज्य र अन्य बाहेकका सवै परिसुचक घटेका छन् । आज बैकिङ समूह १० दशमलव १३, बाणिज्य शुन्य दशमलव शुन्य ८ र अन्य समुह ३ दशमलव ३४ अंकले बढेको छ ।

यस्तै, वीमा ६१ भन्दा धेरै, होटल साढे ५१ भन्दा धेरै, जलविद्युत २८ दशमलव ६ अंकले घटेको छ । ६३ करोड ३२ लाखभन्दा धेरैको कारोबार भएको दिन आज सवैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर बैकको शेयर ६ करोड ५२ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया