MENU

समाज

​ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही, पुस १८ – मंगलवार बागमती नदीमा गिट्टी बोक्न गएको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालकको ज्यान गएको छ ।

सर्लाहीबाट गिटी बोक्न गएको ना ४ त ७८६८ नम्बरको ट्याक्टर नदीमा अनियन्त्रित भएर दुर्घटना हुँदा बरहथवा नगरपलिका ६ घर भएका २३ वर्षीय चालक राजिवनन्द महतोको मृत्यु भएको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो। 

ट्रयाक्टर दुर्घटनामा परेर अन्य दुइ जना घाइते भएका छन् । घाइतेको बरहवथामा उपचार भैरहेको छ। गिटी लोड गर्न गएको ट्रयाक्टर नदीमा पल्टिएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया