MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

नयाँ भर्सनमा अायाे 'सावन होइनन् मेरा नजर' (भिडियाेसहित)


पुस १८– ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्,  जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन्’  कुनै समयको अत्याधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जाका साथ सार्वजनिक भए लगत्तै गीतले राम्रो चर्चा परिचर्चा पाएको छ ।

हालै मात्र युट्युबमा सार्वजनिक गरिएको गीतमा सुन्दरी नायिका तथा मोडल रिमा विश्वकर्मा र रन्जन रिजालले जीवन्त अभिनय गरेका छन् ।‘एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो, पाएन त केवल माया’ मुख्य सार बोकेको यो गीतले माया गर्ने र जीवनमा धोका पाउनेहरु सबैको कथा बोकेको छ । जसलाई चर्चित गीतकार अरुण तिवारीले सृजना गरेका हुन् ।

नागेन्द्र श्रेष्ठको स्वर तथा टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको गीतलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् । जुन गीतले युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया बटुलीरहेको छ । गीतको दृश्य सम्पादन माधव बेलबासेले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया