MENU

मनोरञ्जन

भेडेटारमा राजेशपायललाई ‘वान्स मोर’

सिद्धराज राई/उज्यालो

 
धनकुटा, पुस १८ – ‘राई इज किङ’ को पुरानै स्टाइल । धित मरुन्जेल गीत गाउने । दर्शक र स्रोतालाई भरपुर मनोरन्जन दिने । अंग्रेजी नयाँ वर्षमा भेडेटारमा सञ्चालन भएको फुड फेस्टिबललाई सफल बनाउन आयोजित सांगीतिक कार्यक्रममा पनि राजेशपायल राईले आफ्नो छवि कायम राखे । 
 
लगातर १० वटा गीत गाउने त्यसपछि दर्शकको अनुरोधमा गाउँदै जाने । यही मेसोमा उनै २० वटा भन्दा बढी गीत गाउन भ्याए । भेडेटारको चिसो कहिले उफ्रीउफ्री त कहिले छमछमी नचाउदै दर्शकलाई भरपुर मनोरन्जन दिए । राति ८.३० बजे दर्शन नमस्ते भन्दै मंचमा उत्रेपछि  उपस्थित दर्शकले गायक राजेशपयल राईलाई ताली र हुटिङले स्वागत गरेका थिए । भेडेटार संगीतमय बन्दा मध्यरात सम्म दर्शक नचे । 
 
छैटौँ भेडेटार फुड फेस्टिबललाई सफल बनाउन र रौनक थप्न पर्यटकीयस्थल भेडेटार पुगेका राजेशले ‘राई इज किङ्ग’, ‘दर्शन नमस्ते’ एल्वमका र उनका नयाँ र पुराना लोकप्रिय गीतहरु दर्शक सामु पस्केका थिए । तिम्ले बाटो फेर्यौ अरे .....बोलको गीतबाट सांगीतिक कार्यक्रम सुरु गरेका राईले लफडा फिल्मको ‘एकासी दुकासी...’ बोलको गीतबाट कार्यक्रम समापन गरेका थिए । 
 
राईले ‘मत मर्छुकी क्या हो ठूली’, ‘तिमी मन दिन्छु, किन यती धेरै माया लाग्छ है, दिक्तेल बजार, भेटैमा भयो सोल्टीनी ज्यु, मोहनी लाग्ला है, दर्शन नमस्ते, नाइ नभन्नु ल, आँखामा खुलेकी नानी, भट्टीको तिनपाने, तिम्रो माया लाग्छ हैलगायतका गीत गाएर राजेशपायलले दर्शक र आयोजकको  मन जिते । पूर्वको पाँचथर तथा  इटहरीको कार्यक्रममा सहभागी भएर आएका राईको भेडेटारको कार्यक्रमपछि सोलु सल्लेरीको कार्यक्रम रहेको छ । 
 
यस अगाडि धरानका डिजे ललित राईले दर्शकलाई नचाएका थिए । त्यस्तै धरानको गरिमा डान्स सेन्टर र भेडेटारको सिर्जनाशील सांस्कृतिक समूहका कलाकारहरुले नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएका थिए । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया