MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रहरी र विद्यार्थी झडप : अखिल उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, पुस १८–प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । 

अनेरास्ववियुले मंगलबार दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । 

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी गराउनुभयो । 

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए । लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महर घाइते भएका छन् ।

बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समिक बडालले जानकारी दिनुभयो । घाइतेको प्रदर्शनी मार्गस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया