MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

‘जिरे खुर्सानी’मा हराएका जितु ‘सिधा बाटो’मा भेटिए

काठमाडौं, पुस १८ –जितु नेपालको लेखन तथा निर्देशन रहेको ‘सीधा बाटो’ नामक शर्ट फिल्म सोमबार सार्वजनिक भएको छ ।

जितु नेपालले आफ्नै युट्युब च्यानल जितु कमेडी मार्फत यसलाई सार्वजनिक गरेका छन् । देशमा मौलाएको भ्रस्टाचार विरुद्ध आवाज उठाउँदै ‘सीधा बाटो’तयार भएको हो । कलाकारहरु जितु नेपाल, राजाराम पौड्याल, सुरेन्द्र केसी, रमेश अधिकारी, शर्मिला शर्मा, प्रियंका झा शिवहरि आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको ‘सिधा बाटो’मा सरकारी कार्यलयहरुमा घुस खुवाएर मात्रै काम गरिदिने प्रवृत्ति माथि व्यङग्य गरिएको छ ।

यस सिनेमाको बारेमा लेखक तथा निर्देशक जितुले भने,‘यो हाँस्य प्रधान छ, यसले भ्रस्टाचार निर्मुल पार्न सहयोग गर्छ भन्ने आशा छ ।’

- उज्यालो र गफगाफ डट कमको सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया