MENU

समाज

घरबाटै पानी लिएर आउन विद्यार्थीलाई विद्यालयको निर्देशन

दीपक भट्ट/उज्यालो ।

रामेछाप, पुस १८ –मन्थली नगरपालिका–३, स्थित ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयले सबै विद्यार्थीलाई विद्यालय आउँदा अनिवार्य खानेपानी लिएर आउन निर्देशन दिएको छ ।

लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएको त्यस विद्यालयले पानीको अभाव पूरा गर्न नसकेपछि  विद्यालयमा अध्ययनरत बालबालिकालाई आफ्नो लागि आवश्यक पर्ने खानेपानी विद्यालय आउँदा अनिवार्य रुपमा लिएर आउन निर्देशन दिएको हो । विद्यालयको निर्देशनपछि विद्यालयमा अध्यनरत विद्यार्थी पानी लिएर विद्यालय आउने गरेको प्रध्यानाध्यापक चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

विद्यालयमा मात्र नभएर गाउँमा नै पानीको अभाव भएको ठूलीमदौमा अवस्थित उक्त विद्यालय भूकम्पले भत्काएको थियो । भवनसँगै शौचालयको समेत अभाव रहेको त्यस विद्यालयमा पानीको अभावमा भएको शौचालय पनि प्रयोगविहीन भएको छ । जसका कारण पठनपाठनमा समेत समस्या भएको अविभावक मोहनबहादुर थापाले बताउनुभयो ।

गएको ११ वर्षदेखि पानीको मूल फूट्न नसक्दा गाउँमा परम्परागत रुपमा चल्दै आएका पानीका सबै मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव भएको हो । करिब ७ सय जना विद्यार्थी अध्ययनरत त्यस विद्यालय सदरमुकाम मन्थलीबाट करिब १० किलोमिटर टाढा रहेको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया