MENU

अर्थ

ujyaalo forign call inside

कृषि विकास बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं, पुस १८ –कृषि विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले नेपाल सरकारको अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले नगद लभांश दिने निर्णय गरेको छ । 

२० प्रतिशत बोनस वितरण गरेपछि कृषि विकास बैंकको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया