MENU

समाज

Ncell Axiata
NIC Asia

विद्युत बन्द हुँदा रामेछापका स्थानीय बासिन्दा चारदिनदेखि अन्धकारमा

रामेछाप, पुस १८– लिखु गाउँपालिका वडा नम्बर–६, अन्तर्गत खिम्तीबेसीमा रहेको ट्रान्सफर्मर पड्किएपछि गएको चार दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयबासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
 
स्थानीय गोकुलगंगा गाउँपालिका अन्तर्गत वेतालीको हलुवा खोलाबाट उत्पादित ४ सय ५० किलोवाट क्षमताको विद्युत खिम्ती विद्युत सहकारी संस्थामार्फत वितरण गरिँदै आएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा खिम्तीबेसीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।
 
विद्युत सेवा अवरुद्ध हुँदा गाईपालक किसानहरु मारमा परेका छन् । विद्युत नहुँदा दूध संकलन गरी राख्न समस्या भएको उनीहरुको भनाई रहेको छ । चारदिनदेखि विद्युत आपूर्ति बन्द हुँदा पनि सहकारीले कुनै चासो नदेखाएको आरोप स्थानीय बासीन्दाले लगाएका छन् ।
 
बजार क्षेत्रमा बढी मात्रामा विद्युत खपत हुने थाहा हुँदाहुँदै सहकारीले कम पावरको ट्रान्सफर्मर राखेर उपभोक्तालाई सरकारीले सधैँ हैरानी दिने गरेको पीडित स्थानीयले गुनासो गरेका छन् ।
 
प्रसारण लाइनमा उच्च भोल्टेजका कारण ट्रान्सफर्मर जलेको बताइएको छ ।  ट्रान्सफर्मर मर्मतको लागि वीरगञ्ज पठाइएकाले तत्काल सहकारीमा भएको अर्को ट्रान्सफर्मर जोडेर केही दिनभित्रै विद्युत सेवा सुरु गने खिम्ती विद्युत सहकारी संस्था लिमिटेडका कार्यकारी प्रवन्धक विष्णु खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया