MENU

राजनीति

ujyaalo forign call inside

बहानाबाजी गर्दै सत्ता लम्ब्याउने सरकारको खेल : पूर्वमन्त्री पोखरेल

रमेश गिरी/उज्यालो ।

भक्तपुर, पुस १८ –नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले नयाँ सरकार गठनमा राष्ट्रियसभाको निर्वाचनले कुनै अवरोध नगर्ने दाबी गर्नु भएको छ ।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानमा व्यवस्था भए अनुसार सरकार गठन गर्न सकिने बताउनु भएको हो ।

राष्ट्रियसभाको निर्वाचनलगायत विभिन्न बहाना बनाएर सरकारको आयु लम्ब्याउन खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘विभिन्न बहानाबाजी गरेर वर्तमान सरकाले आफ्नो सत्ताको आयु लम्बाउन खोज्दैछ, फेरि सरकारले जाँदाजाँदै गरेका विभिन्न खालका नियुक्ति तथा  सरुवा बढुवा गलत छ ।’

एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण पछि अध्यक्ष को भन्ने भन्ने तय गर्ने सहमति भएको खुलासा गर्दै उहाँले भन्नुभयोव, ‘वाम पार्टीको अध्यक्ष वा पद बाँडफाँडभन्दा पनि पार्टी एकीकरण महत्वपूर्ण हो, वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकीकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार हुनुभएको छ ।’

अब बन्ने सरकारको काधमा देशको आर्थिक समृद्धि गर्नु सबैभन्दा ठूलो चुनौति रहेको बताउँदै उहाँले सरकारले स्पष्ट खाका तयार गरी कार्यान्वयनतर्फ जान नसके त्यसले नेपाली नागरिकमा ठूलो निराशा पैदा गरी वाम गठबन्धलाई घात पु¥याउने बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया