MENU

समाज

Ncell Axiata
NIC Asia

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चासो नदेखाएको ट्रान्सपरेन्सी इण्टरनेशनलको आरोप

काठमाडौं, पुस १८ –ट्रान्सपरेन्सी इण्टरनेशनलले संस्थागत रुपमै भ्रष्टाचार हुने गरेका खबरहरु सार्वजनिक भइरहे पनि सरकार चुप रहेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार विज्ञप्ति निकालेर ट्रान्सपरेन्सी इण्टरनेशनलले देशमा देशमा भ्रष्टाचार बढेको, संस्थागत रुपमै घुस लेनदेन हुने गरेका खबरहरु सार्वजनिक भइरहँदा पनि सरकार चुप रहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सञ्चारमाध्यमले दिनहुँजसो भ्रष्टाचारका खबरहरु उजागर गरिरहनुले देशकै छविमा आँच पुगेको तर पनि यस्ता घटनाप्रति सरकारको ध्यान आकृष्ट हुन नसक्नुले देशमा सुशासनको दुरावस्थाको उजागर भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया