MENU

राजनीति

​सहमतिमै प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

काठमाडौं, पुस १८ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति गरेर मात्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा अध्यक्ष दाहालले आफू राजनीतिक सहमतिका आधार अघि बढ्न आफू तयार रहेको र सरकारलाई पनि त्यही अनुसार व्यवहार गर्न आग्रह गर्नुभएको हो ।

प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको उहाँका प्रदेश संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिनुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराउनुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया