MENU

समाज

पूर्व राजासँग सेल्फी खिच्न तछाड-मछाड(फाेटाे फिचर)

भावुक योगी/उज्यालो ।

बर्दिया, पुस १८– पूर्व राजा ज्ञानेन्द्र शाहले मंगलबार बर्दियाको सदरमुकाम गुलरियामा रहेको बगलामुखी मन्दिरमा दर्शन गर्नुभएको छ । पश्चिम नेपालका धार्मिक स्थलमा दर्शन गर्न र नेपालगञ्जको सोल्टी होटल उद्घाटनमा आउनु भएका पूर्व राजा गुलरियाको बंगलामुखी मन्दिर पूजाआजा गर्न आउनु भएको हो ।

पूर्व राजा शाहले बंगलामुखी मन्दिरमा पूजाआराधना गर्नु भएको छ । पूर्व राजाको स्वागतको लागि गुलरियामा ठूलो संख्यामा समर्थकको भिड लागेको थियो । पूर्व राजालाई स्वागत गर्न गुलरियासहित बर्दियाका ८ वटै स्थानीय तहबाट ठूलो संख्यामा समर्थकहरु उपस्थित भएका थिए ।

पूर्व राजाको स्वागतका लागि सदरमुकाम गुलरियामा मन्दिर आसपासका विभिन्न स्थानमा स्वागतद्धारसमेत निर्माण गरिएको थियो । सयौँको संख्यामा उपस्थित सर्वसाधारणले फूलमालासहित स्वागत गरेका थिए । सदरमुकाम गुलरियाको निर्वाचन कार्यालयदेखि बंगलामुखी मन्दिरसम्मको झण्डै तीनसय मिटरको दूरी पैदलै हिँडेर मन्दिर परिसर भित्र पुग्नुभएको थियो ।

पूर्व राजाको स्वागतमा उपस्थितहरुले राजा र राजसंस्थाको पक्षमा चर्को नाराबाजी गरेका थिए । सर्वसाधारणले राजालाई भेट गर्ने क्रममा राजसंस्थाको आवश्यकता महसुस भएको भन्दै राजसमर्थकहरुले नाराबाजी गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले पञ्चकन्या र समर्थकहरुसँग फोटो खिचाउनु भयो । सर्वसाधारण समर्थकहरुले उहाँसँग सेल्फी पनि खिचेका छन् । ‘एकछिन सेल्फी लिँउ है’ भन्दै सेल्फी खिच्नेको घुईँचो बढेको थियो ।

उहाँले सर्वसाधारणसँग सुटुक्क भलाकुसारी समेत गर्नुभएको थियो । आफूले बोल्नु भन्दा पनि सुटुक्क कुरा सुन्नु भएको थियो । मन्दिरको पूजाआजा गरेर एकछिन मञ्चमा बस्नु भएका पूर्व राजाले केही कुरा बोल्नु भएन भने संचारकर्मीहरुसँग पनि केही कुरा गर्नु भएन् । राजसंस्था हटेपछि पूर्व राजा ज्ञानेन्द्र पहिलो पटक बर्दिया आउनु भएको हो ।

पूर्व राजा आउने कार्यक्रमले बिहानैदेखि सदरमुकाम गुलरियामा सुरक्षा व्यवस्था कडा परिएको थियो । भिड समाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया