MENU

खेल

Ncell Axiata
NIC Asia

महिला राष्ट्रिय लिग फुटबल : नेपाल पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं, पुस १८ –१६ औं महिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलको टीम विजयी भएका छन् ।

मंगलबारको पहिलो खेलमा नेपाल पुलिसले सुदुरपञ्चिमाञ्चललाई २–१ ले हराएको हो । पुलिसका लागि निरु थापा र निर्मला उपाध्यायले गोल गरे भने सुदूरपश्चिमकी चन्द्र भण्डारीले १ गोल फर्काइन ।

यस्तै दोश्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० ले हराएको छ । मध्यमाञ्चलका लागि रश्मीकुमारी घिसिङले २ गोल गरिन् भने मेनुका  नगरकोटी र सविता रानामगरले १/१ गोल गरे ।

सोमबारको खेलमा सशस्त्र पह्ररीको एपिएफले मध्यपश्चिम विकास क्षेत्रलाई २६–० ले र नेपाल आर्मीमले पश्चिमाञ्चल क्षेत्रीय टिमलाई १२–० को फराकिलो अन्तरले हराएका थिए । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया