MENU

समाज

Ncell Axiata
NIC Asia

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

नवराज पनेरु/उज्यालो ।

धनगढी पुस १८– कैलालीको लम्कीचूहा नगरपालिकामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । मंगलबार बिहान धनगढीबाट काठमाडौं जाँदै गरेको ना ६ ख १०८४ नम्बरको सुदूरपश्चिम यातायातको बसको ठक्करबाट एक जनाको ज्यान गएको हो ।

ठक्करबाट लम्कीचुहा नगरपालिका–१, बस्ने मनसरा न्यौपानेको ज्यान गएकोे हो । बसको ठक्करबाट घाइते भएकी न्यौपानेलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

घटनापछि आक्रोशित मृतकका परिवार र छिमेकीले क्षतिपूर्तिको माग गर्दै लम्कीमा प्रदर्शन समेत गरेका थिए । सुदूरपश्चिम यातायात समितिका बसहरु पूर्व पश्चिम राजमार्गको लम्की भएर आवातजावत गर्न दिइएको छैन । अहिले सर्वपक्षीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया