MENU

राजनीति

नगर कार्यालय यथास्थानमै राख्न वडाध्यक्षको माग

खोटाङ, पुस १८– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका चार वडाध्यक्षले नगरपालिकाको कार्यालय यथास्थानमा राख्न माग गरेका छन् ।

नगरपालिकाका ११ वडाध्यक्षमध्ये डिकुवा, च्यास्मीटार, दुर्छिम र महादेवस्थानका वडाअध्यक्षले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाउँदै दुर्छिमस्थित छापडाँडामा रहेको नगर कार्यालय यथास्थानमा राख्न माग राखेका हुन् ।

उनीहरुले नगर कार्यालय अन्यत्र सार्ने निर्णयका विरुद्ध बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । नगरबासीका लागि पायक नपर्ने र किरातीको ऐतिहासिक एवं पर्यटकीयस्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवद्र्धनमासमेत असर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताउनुभयो । छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णयप्रति असहमति जनाउँदै चार वडाध्यक्षले पुस ६ गते विज्ञाप्तीमार्फत ध्यानाकर्षण गराएका थिए ।

नगर कार्यपालिकाको पुस ५ गतेको बैठकले छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णय गरेको थियो । एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नगर कमिटिले पनि पुस १४ गते ज्ञापत्रपत्र बुझाउँदै नगर कार्यालय अन्यत्र नसार्न ध्यानाकर्षण गराएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया