MENU

समाज

Ncell Axiata
NIC Asia

आवास अनुदान पाउनबाट भूकम्प पीडित अझै वञ्चित

खोटाङ, पुस १८– खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट वञ्चित भएको पाइएको छ ।

भूकम्पका कारण घरविहीन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदानवापतको पहिलो किस्ता लिनबाट समेत वञ्चित भएका हुन् ।

विदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि बिदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्नेलगायतका समस्याका उनीहरुले आवास अनुदान पाउन नसकेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङले बताउनुभयो । 

कुल लाभग्राहीमध्ये हालसम्म ८ हजार ६२ घर परिवारलाई प्रतिपरिवार ५० हजारका दरले ४० करोड ३१ लाख आवास अनुदान वितरण गरिसकिएको भए पनि विभिन्न प्राविधि समस्याका कारण बाँकी लाभग्राहीलाई अनुदान वितरण गर्न नसकिएको जिल्ला समन्वय समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया