MENU

समाज

Ncell Axiata
NIC Asia

​यसरी ल्याइँदो रहेछ लागूऔषध

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, पुस १८– नवलपरासीको डण्डा र चोरमारा बीचको जङ्गलबाट मंगलबार ठूलो परिमाणमा लागूऔषध बोकेका ४ जना पक्राउ परेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा जाँचका लागि खटिएको प्रहरीको आरएससीसीको टोलीले लागूऔषध  लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको हो ।

प्रहरीले लमजुङ बेसीशहर नगरपालिका–२, बस्ने २६ वर्षका जीवन धिताल, सप्तरी घर भएका १७ वर्षका सुरेश लामा, मोरङ गोविन्दपुर बस्ने २० वर्षका आकाश राई र दार्जीलिङ घर भई हाल काठमाडौं बस्ने २३ वर्षका मनोज लामालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । लु १ ख ९१४७ र लु १ ख ९३९१ नम्बरको यात्रुवाहक बसमा लागूऔषध लुकाएर ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जीवन धितालको साथबाट डाइजेपाम सिरिज १ सय एम्पुल, फेनरागन १ सय एम्पुल र नुफीन १ सय एम्पुल बरामद गरिएको प्रहरीले बताएको छ ।

यस्तै अन्य तीन जनाको समूहमा रहेका व्यक्तबाट १२ सय ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरुले लागूऔषध शरीरमा बेरेर लुकाइछिपाइ ल्याएका थिए ।

भारतीय सीमा नाका सुनौलीबाट लागूऔषध ल्याएको खुल्न आएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया