MENU

समाज

​सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शुभनारायण यादव/उज्यालो ।

सप्तरी, पुस १८– सप्तरीको कठौना–पातो सडकखण्ड अन्तर्गत शम्भुनाथ नगरपालिका–१०, स्थित मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर–१, कबिलासाबाट कठौना जाँदै गरेको स ४ प १२१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसै ठाउँका २५ वर्षीय दिपेश चौधरी र २३ वर्षीय दीपक चौधरीको ज्यान गएको हो ।

सोमबार राति ९ बजे बा २४ प २८६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनालाई उपचारका लागि तत्कालै सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । ठक्कर दिने बा २४ प २८६१ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–३, का २१ वर्षीय गयानन्द चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया